पूर्णकला बिसी र कमलले ल्याए ‘प्रतीक्षा’ − Kalakarita
पूर्णकला बिसी र कमलले ल्याए ‘प्रतीक्षा’

मंगलबार, वैशाख २५, २०७५, ०३ : १७कलाकारिता

काठमाडौं, २५ वैशाख – गायिका पूर्णकला बिसी कमल सुशान्त केसीको लोक तथा दोहोरी गीत ‘प्रतीक्षा’ सार्वजनिक भएको छ । जीवनका विविध भोगाईलाई गीतमा समावेश गरिएको छ ।

गीतका शब्द कमल सुशान्त केसी र राजेश नेपालीले लेखेका हुन् भने संगीत भोजराज बिकको रहेको छ ।

त्यस्तै गीतको भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोमा अभिनय ईश्वरजंग खड्का र प्रतिभा राईको रहेको छ । नविन घर्ती मगरले सम्पादन गरेको भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन् ।

 

 


तपाईंको प्रतिक्रिया