चलचित्र ‘नेप्टे’ ले पोष्टर सार्वजनिक गर्‍यो − Kalakarita
चलचित्र ‘नेप्टे’ ले पोष्टर सार्वजनिक गर्‍यो

मंगलबार, चैत्र ६, २०७४, १० : १७कलाकारिता

काठमाडौं, ६ चैत –  यही चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नेप्टे’ ले पोस्टर सार्वजनिक गरेको छ ।  पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका कलाकारहरु फिचरिङमा छन् ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्ममा किरण माइकलको पटकथा एवं संवाद रहेको छ । साथै फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् । फिल्ममा सन्तोष राज , बाबु बोगटी ,ओम सुनारको संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन्  भने जयकिसन बस्नेत पनि फिल्ममा अटेका छन् ।


तपाईंको प्रतिक्रिया