काठमाडौं, १३ जेठ – चलचित्र ‘चीँ मुसी चीँ’ ले पहिलो गीत सार्वजनिक गरेको छ । राजधानीमा आज (आइतवार) आयोजित एक कार्यक्रममा फिल्म युनिटले नयाँ गीत सार्वजननिक गरेको हो ।
‘तिमीले माग्छौ भने’ बोलको गीतमा सुरज अधिकारीका शब्द छन् भने अञ्जु पन्त र युवराज चौलागार्ईंको स्वर रहेको छ । साथै गीतको भिडियोमा सुनिल क्षेत्री र अलिशा शर्मालाई फिचरिङ गराइएको छ ।
दुवैका लागि यो फिल्म डेब्यु फिल्म पनि हो । गीतको कोरियोग्राफी सुनिल आफैले गरेका हुन् ।
दिनेश श्रेष्ठले निर्देशन गरेको यो फिल्मलाई म्युजिकल थ्रीलर भनिएको छ । फिल्मलाई अरुणकमाुर गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङले निर्माण गरेका हुन् ।
बासु न्यौपानेले छायांकन गरेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।
तपाईंको प्रतिक्रिया