अनमोलले भने‌, समाचार बिकाउन अरुको चरित्र हत्या नगर्नुस् − Kalakarita
अनमोलले भने‌, समाचार बिकाउन अरुको चरित्र हत्या नगर्नुस्

बुधबार, चैत्र २८, २०७४, ०९ : १७कलाकारिता

काठमाडौं, २८ चैत – यस वर्ष अनमोल केसी अभिनित चलचित्र ‘कृ’ व्यावसायिक रुपमा खासै सफल हुन सकेन । फिल्मको एक्सन पाटोले बाहेक अरु कुराले फिल्म चर्चामा रहन सकेन ।

तर, अनमोलको क्रेज भने घटेको छैन । उनको नाममा कतिपयले गलत समाचार पनि लेखेका हुन्छन् ।

यसैबीच अनमोल केसीले केही समाचारजस्ता देखिने शीर्षक राखेर बनाइएका पोस्टमा उनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । साथै उनले त्यस्ता हेडलाइन हेरेर नझुक्किन आफ्ना फ्यानलाई अनुरोध पनि गरेका छन् ।

‘केही अनलाइन मिडियाले मैले नभनेको कुरालाई काल्पनिक शीर्षक राख्दै लेखिएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, सम्पूर्णमा मेरो अपील, यो हेडलाइन हेरेर नझुक्किनु हुन आग्रह गर्छु’, उनले लेखेका छन्, ‘समाचार बिकाउने उद्देश्यले कसैको पनि चरित्र हत्या नगरिदिनु हुन पनि अनुरोध गर्दछु ।’

पछिल्लो समय छ्यासछ्यास्ती खुलेका अनलाइन जस्ता शीर्षकमा आइरहने यस्तै असान्दर्भिक समाचारले कलाकार तथा अन्य व्यक्ति पनि समस्यामा पर्ने गरेका छन् ।


तपाईंको प्रतिक्रिया