काठमाडौं, १४ असोज – गायक जनक ताम्राकारको नयाँ गीत ‘ठेगाना भेटियो’ सार्वजनिक भएको छ । गीतमा जनक ताम्राकारसँगै सुजाता वर्मा, महेश ताम्राकार र अल्मोडा राना उप्रेती लगायतको स्वर सुन्न सकिन्छ ।
नेपाली संगीत क्षेत्रमा निकै नै फरक यस गीतमा महेश ताम्राकारले सुन्दर ढंगले शब्द संगीत भरेका छन् भने अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका हुन्।
”असल शब्द, युनिक संगीत उत्कृष्ठ संगीत संयोजन र उत्कृष्ठ आवाजहरु एक साथ आउनुले सुनमा सुगन्ध थपिएको छ, गायक जनकले भने।
यो गीतले सबैको मन जित्ने कुरामा आफु बिश्वस्त रहेको गायक जनकताम्राकारले बताए ।” निकै नै सुन्दर शब्द, संगीत सुमधुर आवाज र सुन्दर बाजाहरुको प्रयोगले यस गीतले हरेकलेसुन्नै पर्ने गीतको रुप लिएको छ।
यस्तै ताम्राकारको काफल कम्ला, लौलौ सररर, जुनकिरी पनि पछिल्लो समयनिकै चर्चामा रहेका गीतहरु हुन्।
तपाईंको प्रतिक्रिया