यस्तो छ फिल्म ‘मेरी मामु’ को फस्ट लुक − Kalakarita
यस्तो छ फिल्म ‘मेरी मामु’ को फस्ट लुक

शुक्रबार, असार २२, २०७५, ०७ : १८कलाकारिता

काठमाडौं, २२ असार – आउँदो भदौ १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भनिएको फिल्म ‘मेरी मामु’ को फस्ट लुक सार्वजनिक भएको  छ। आषुसेन फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई सन्तोष सेनले निर्माण गर्न लागेका हुन् ।

फिल्ममा निर्माता सेनका ६ वर्षीय छोरा आयुव सेनले मुख्य भूमिका निभाएका छन् । फिल्मले आमा र छोराबीचको सम्बन्धलाई प्रस्तुत गरेको छ । फस्ट लुकमा आयुव नै केन्द्रमा छन् । यो फिल्ममा आयुवसँगै अश्लेषा ठकुरी, सारुक ताम्राकार, कुसुम गुरुङ‌, दुर्गा मल्ल लगायतका कलाकारको अभिनय रहनेछ ।

यम थापाको लेखन तथा निर्देशन रहने ‘मेरी मामु’ लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । जानकारीका अनुसार फिल्मको सत्तरी‌ प्रतिशत काम सकिएको छ भने फिल्म समयमै रिलिज हुने निर्माता सेनले जानकारी दिए ।

 


तपाईंको प्रतिक्रिया