‘हिमालय रोडिज सिजन २’ आउने, विजेतालाई २० लाख − Kalakarita
‘हिमालय रोडिज सिजन २’ आउने, विजेतालाई २० लाख

सोमबार, चैत्र २६, २०७४, ०८ : १९कलाकारिता

काठमाडौं, २६ चैत – युवापुस्तामाझ चर्चित भएको हिमालय रोडिजको दोस्रो संस्करण हुने भएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी यसबारेमा जानकारी दिइयो ।

वैशाख पहिलो साताबाट शुरु हुने हिमालय रोडिज, सिजन २ को अडिसन इटहरीबाट शुरु गरिनेछ । निर्देशक अमनप्रताम अधिकारीले जनाएअनुसार रोडिजको अडिसन चितवनमा वैशाख १० गते, बुटवलमा वैशाख १२ मा, पोखरामा वैशाख १५ र काठमाडौंमा बैशाख १८ मा हुने भएको छ ।

पहिलो संस्करणमा जस्तै यसपटक पनि निर्णायकको स्वभाव कडा हुनेछ भने जज पनि सिजन १ कै चयन भएका छन् । निर्णायकमा दिया मास्के, रेमण्ड दास र आशिष राना रहनेछन् । त्यस्तै पहिलो संस्करणका विजेताले समन श्रेष्ठ र उप–विजेता अनिमेश शाहीले कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

यसपटक विजेतालाई नगद रुपैयाँ २० लाख र यामाहाको बाइक आयोजकले जनाएको छ ।


तपाईंको प्रतिक्रिया