यो मितिमा आउने भयो ‘न यता न उता’

शनिबार, जेठ ११, २०७६, ०९ : १९कलाकारिता

काठमाडौं – गतवर्ष नै रिलिज गरिने भनिएको फिल्म‘न यता न उता’को रिलिज प्राविधिक कारणले पोस्टपोण्ड भएको थियो । माघ २५ को रिलिजलाई टार्गेट गरेर निर्माण टिमले सिनेमाको गीतसंगीत, ट्रेलर, पोष्टर समेत सार्वजनिक गरिसकेको थियो । तर, अन्तिममा आएर प्राविधिक कारण देखाउँदै रिलिज पोस्टपोण्ड गरेको सिनेमाको निर्माण टिमले शुक्रबार ‘न यता न उता’को नयाँ रिलिज मिति पक्का गरेको हो ।

अब यो सिनेमा आगामी श्रावण १७ गतेबाट प्रदर्शन हुने भएको छ । सिनेमाको प्रर्दशन मिती पक्का गरेसँगै निर्माण ‘न यता न उता’ बोलको शिर्ष गीत पनि गरेको छ । सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको गीतमा उनलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन् । सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् ।

‘न यता न उता’मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ र जयनन्द लामाको पनि अभिनय रहेको छ । सिनेमालाई विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेका हुन् ।

‘न यता न उता’को कथा तथा पटकथा मिराज रोशले तयार पारेका हुन् । भने, सिनेमाको संवाद अभिमन्यु निरबीले लेखेका हुन् । रिना लामा कार्यकारी निर्माता रहेको सिनेमामा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । अरोन अशोक कुमारले छायाँकन गरेको सिनेमालाई विपिन मल्लले सम्पादन गरेका हुन् ।

(इमेलमा आएको यो समाचार कलाकारिता टिमले सम्पादन गरेको छैन ।)

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।