‘डम्फूमा सेलो’ मा पल र सुमी (भिडियो) − Kalakarita
‘डम्फूमा सेलो’ मा पल र सुमी (भिडियो)

शनिबार, साउन ५, २०७५, १० : १९कलाकारिता

काठमाडौं, ५ साउन – अभिनेता पल शाह यतिबेला फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा देखिन थालेका छन् । यतिबेला उनी अभिनित फिल्मका कुनै समाचार छैनन् ।

यसैबीच पल शाह र सुमी मोक्तानलाई फिचरिङ गराइएको गीत ‘डम्फुमा सेलो’ सार्वजनिक भएको छ ।

आषुसेन लामाको शब्द तथा संगीत रहेको गीतलाई मिग्स लामाले गाएका छन् ।

गीतको भिडियोलाई धिरज जंग शाहले खिचेका हुन् भने निकेश खड्काले निर्देशन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया