शुक्रबार, असार १, २०७५, ११ : १९कलाकारिता
काठमाडौं, २ असार – चलचित्र ‘कस्मिक लभ’ निर्माण हुने भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्म निर्माणको घोषणा गरिएको हो ।
बाबु बलामी र शंकर अधिकारीले निर्देशन गर्ने फिल्ममा अर्पण थापा, प्रशान्त ताम्राकार, रोविन तामाङ, दिया मास्के लगायतका कलाकार मुख्य भूमिकामा रहने भएका छन् ।
यही फिल्मबाट रिजन थापा र पुजन थापाले डेब्यु गर्ने भएका छन् ।
कमेडी जानरामा निर्माण भएको यो फिल्ममा जय गौतमको लगानी रहनेछ भने कार्यकारी निर्मातामा डिएन दाहाल छन् ।
चलचित्रको छायांकन असार ११ गतेबाट शुरु हुने भनिएको छ ।
तपाईंको प्रतिक्रिया