Break up

दर्शकले ‘जात्रै जात्रा’ मन पराउनुका ४ कारण

बिहीबार, जेठ ९, २०७६, ०९ : १९कलाकारिता

काठमाडौं – नेपाली चलचित्रले दर्शक पाउन छोडेको धेरै भइसकेको छ । वर्षमा सयभन्दा बढी फिल्म त बन्छन् । तर, ती फिल्म स्तरीय नबन्दा दर्शक हलसम्म आउँदैनन् । जेठ ३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ले भने सिनेमा हलमा गज्जबको व्यापार गरिरहेको छ । फिल्मले दर्शक र समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छ ।

आखिर दर्शकले यो फिल्म किन रुचाए ? यसबारेमा छलफल गरौँः

अब्बल सिक्वेल

नेपालमा सिक्वेल त बन्छन् । तर, ती सिक्वेल अघिल्लो सिनेमाका तुलनामा निकै कम हुन्छन् । फिल्मले दर्शकको मन जित्न सक्दैनन् । विदेशमा भने फिल्मको सिक्वेल झनै बढी दमदार बनेको हुन्छ । ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ भने सिक्वेलका हिसाबले उत्तिकै शक्तिशाली छ ।

फिल्म‘जात्रा’ मा जसरी कथा टुङ्गिएको छ, त्यहीँबाट दर्शकको कथा चित्त बुझने गरी नयाँ कथा आरम्भ हुन्छ ।

स्तरीय स्किृप्ट

नेपाली फिल्म दर्शकको मनमा बस्न नसक्नुको कारण फिल्मको स्किृप्ट पनि हो । फिल्मको स्किृप्ट यतिसम्म झुर हुन्छन् कि, न ती स्किृप्टमा दर्शक भुल्न सक्छन्, न ती स्किृप्टमा कुनै नयाँपन हुन्छ । नयाँपन त ‘जात्रै जात्रा’ को स्किृप्टमा पनि छैन । तर यो फिल्मको कथा यसरी लेखिएको छ, दर्शकलाई हरेक दृश्यमा कथाले बाँधेर राख्छ ।

दमदार निर्देशन

हामीकहाँ फिल्म त बन्छन् तर ती फिल्ममा निर्देशन पक्ष निकै फितलो हुन्छ । कतिपय फिल्म त सामान्य रुपमा बन्ने लघु चलचित्रजस्ता पनि बन्दैनन् । ‘जात्रै जात्रा’ मा भने निर्देशक प्रदीप भट्टराईको काम देखिएको छ । उनले स–साना कुरामा पनि खुबै ख्याल गरेका छन् । फिल्मलाई स्तरीय बनाउन कुनै कसर बाँकी राखेका छैनन् उनले ।

पात्र चयन

फिल्ममा चरित्रको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । यो फिल्ममा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ लगायतका कलाकारको केन्द्रीय भूमिका छ । यी पात्र वास्तविक पात्रभन्दा फरक लाग्छन् फिल्ममा । पात्रका आफ्ना समस्या छन्, ती समस्यामै रहेर पात्रले अनेक हाउभाउ गर्छन् । कथालाई अगाडि बढाउँछन् । विपिन कार्कीको चरित्र अझ सशक्त छ । अन्य कलाकार पनि कथाअनुसार फिट लाग्छन् ।

फिल्मका गीत संगीत, ध्वनि संयोजन र अन्य पक्षको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका छ । जसकारण यो आफैमा एउटा स्तरीय र स्मरणीय फिल्म बनेको छ ।

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।