‘लिलिबिली’ बाट जसिताले कोरिन् सम्भावना − Kalakarita
‘लिलिबिली’ बाट जसिताले कोरिन् सम्भावना

आइतबार, वैशाख २, २०७५, ०२ : २०कलाकारिता

काठमाडौं, २ वैशाख – चलचित्र ‘लिलिबिली’ यतिबेला नेपालभर प्रदर्शन भइरहेको छ । प्रदीप खड्का अभिनित चलचित्रले दर्शकको साथ पाएको छ । हलमा उनको फिल्म हेर्न दर्शक झुम्मिएका छन् । प्रदीपको क्रेजलाई जोडेर अन्य गसिप बाहिर आइरहेका छन् ।

यही फिल्मबाट नेपाली सिनेमा क्षेत्रमा पाइला चालेकी नवअभिनेत्रीको कुरा भने खासै गरिएको छैन । त्यसो त उनले आफ्नो एक प्रकारको क्रेज फिल्म रिलिजपूर्व नै बनाएकी थिइन् । फिल्म रिलिजपछि भने उनको अभिनयलाई लिएर धेरैले तारिफ गरेका छन् । उनको केमेष्ट्री प्रदीप खड्कासँग मिलेको भनेर धेरैले भनिरहेका छन् ।

युरोपमा बस्ने एक युवतीको भूमिकामा जसिता लिलिबिलीमा देखिएकी छिन् । प्रेमिकाको भूमिकामा देखिएकी जसिताले अभिनयमार्फत दर्शकलाई हलमा बाँधेर राख्छिन् ।

हुन त नेपाली फिल्म क्षेत्रमा अभिनयभन्दा बढी हल्लै गरेर चल्ने नायिकाको सङ्ख्या धेरै छ । यस्तो समयमा अब जसिताले आफूलाई कसरी अगाडि लैजान्छिन्, त्यो उनैमा भर पर्छ । यहाँ राम्रो काम गर्ने झन् ओझेलमा पर्ने, र गफ हाँक्नेहरुका लगातार हलमा फिल्म आउने र फ्लप हुने चलन छ । हेरौं, उनलाई ‘लिलिबिली’ ले कतिको बिजी बनाउनेछ ।


तपाईंको प्रतिक्रिया