धुर्मुस-सुन्तलीलाई ‘वर्ष व्यक्ति’ सम्मान − Kalakarita
धुर्मुस-सुन्तलीलाई ‘वर्ष व्यक्ति’ सम्मान

शुक्रबार, चैत्र २, २०७४, ०९ : २०कलाकारिता

काठमाडौं, २ चैत – हास्य श्रंखला ‘मेरी बास्सै’ हुँदै विभिन्न कार्यक्रम, फिल्म तथा सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई वर्ष व्यक्ति अवार्ड प्रदान गरिएको छ । बिहीवार काठमाडौंमा एक औपचारिक समारोहका बीच यो जोडीलाई सम्मान गरियो ।

भूकम्पपछिका केही वर्ष ‘धुर्मुस सुन्तली फाउन्डेसन’ मार्फत धुर्मुस सुन्तली सामाजिक काममा सक्रिय छन् ।

साप्ताहिक पत्रिका ‘फिल्मीखबर’ ले सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई वर्ष व्यक्ति घोषणा गरेको हो । आफ्नो स्थापनाकालको ९ औं वार्षिकोत्सवको अवसर पारेर दिइएको यो अवार्ड हरेक वर्ष हुँदै आएको छ ।

सम्मानपछि धुर्मुुस सुन्तलीले आफूलाई अझै हौसला मिलेको बताए ।


तपाईंको प्रतिक्रिया