अब ‘नेपाल लोक आइडल’ हुने, कहिले छ अडिसन? − Kalakarita
अब ‘नेपाल लोक आइडल’ हुने, कहिले छ अडिसन?

आइतबार, कार्तिक ११, २०७५, ०९ : २०कलाकारिता

काठमाडौं, ११ कार्तिक – नेपालमा पनि स्तरीय स्तरका रियालिटी शो थपिन थालेसँगै अर्को नयाँ रियालिटी शो पनि थपिने भएको छ । उक्त प्लेटफर्म चाहिँ लोक गीत गाउनेका लागि हुनेछ ।

नेपालभरबाट छनोट गरिने गरी नेपालमा लोक आइडल हुने भएको हो । प्रत्येक प्रदेशबाट दश जना प्रतिस्पर्धी छानी बाँकी प्रतिस्पर्धा काठमाडौंमा गराइने भएको छ । पहिलो नेपाल लोक आइडलका विजेताले ३० लाख रुपैयाँ पाउनेछन् ।

सार्थक डिजिटल र जेब्रा क्रियशनले गर्न लागेको उक्त शोको यतिबेला अडिसन चलिरहेको छ । अडिसन सकिएपछि भने यो शो टिभीबाट समेत प्रसारण हुनेछ ।


तपाईंको प्रतिक्रिया