अमिताभ र आमिरको ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर सार्वजनिक (भिडियो) − Kalakarita
अमिताभ र आमिरको ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर सार्वजनिक (भिडियो)

बिहीबार, असोज ११, २०७५, ०९ : २०कलाकारिता

मुम्बई – हिन्दी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर सार्वजनिक गरिएको छ । सन् १७९५ को कथा लिएर निर्माण गरिएको यो फिल्ममा अमिताभ बच्चन र आमिर खानलाई फरक भूमिकामा देखाइएको छ ।

अमिताभ र आमिरसँगै क्याटरिना कैफ र फतिमा सना शैखको पनि मुख्य भूमिका रहेको यो फिल्ममा एक्सन दृश्यहरु समावेश गरिएको छ । फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् भने विजय कृष्ण आचार्यले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्र यही वर्षको नोभेम्बर ८ मा रिलिज हुँदैछ ।


तपाईंको प्रतिक्रिया