टाइगर श्राफलाई थाहा छैन भारतका राष्ट्रपति को हुन् − Kalakarita
टाइगर श्राफलाई थाहा छैन भारतका राष्ट्रपति को हुन्

शनिबार, चैत्र १७, २०७४, १० : २०कलाकारिता

मुम्बई – बलिउड अभिनेता टाइगर श्राफ आलिया भट्टजस्तै भुलक्कड भएर निस्केका छन् । केही समयअघि आलिया भट्टले पनि आफ्नो देशका राष्ट्रपति थाहा नभएको बताएकी थिइन् ।

त्यसैगरी फिल्म ‘बागी २’ मा देशभक्तिको पाठ पढाउने टाइगरलाई देशमा को राष्ट्रपति छन् भन्ने समेत थाहा नभएको भारतीय मिडियाले लेखेका छन् ।

उनले एक च्यानललाई दिएको अन्तर्वार्तामा सोधिएको देशका राष्ट्रपति को हुन् भनेर सोधिएको थियो । यो प्रश्नमा पहिले त टाइगर असहज महसुस गरे । केही समयपछि रोकिँदै उनले गलत जवाफ दिए ।

उनले भने, राष्ट्रपति को हुन् भन्ने सवाफ मुस्किल लागेको पनि बताए ।

उनको अन्तर्वार्ता हेरेर सामाजिक सञ्जालमा उनको कडा आलोचना भयो । उनका नाममा विभिन्न ट्रोल पनि बनाइए । कुनै समय आलिया भटको पनि यसरी नै ट्रोल भएको थियो ।

यतिबेला टाइगर श्राफको फिल्म बागी २ नेपालमा पनि चलेको छ । धमाकेदार एक्सन रहेको फिल्मबाट मिश्रित प्रतिक्रिया आइरहेको छ ।


तपाईंको प्रतिक्रिया