सोमबार, चैत्र २६, २०७४, ०७ : २१कलाकारिता
काठमाडौं, २६ चैत – फिल्म ‘मंगलम’ बाट चर्चामा आएका अभिनेता पुष्प खड्का अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मेलिना राईले गाएको ‘तिम्रो माया’ बोलको गीतको भिडियोमा पुष्प खड्का शोभा भण्डारी, महेन्द्र मगर र सम्झनाले अभिनय गरेका छन् । साथै गीतका शब्दलाई इन्द्र नारायण चोङबोङले रचना गरेका हुन् भने संगीत डीआर अटुको रहेको छ ।
भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन् भने सम्पादन रञ्जित मानन्धरले गरेका हुन् ।
https://www.youtube.com/watch?v=vU0QAknrdLo
तपाईंको प्रतिक्रिया