काठमाडौँ, ९ मंसिर – पुराना गायक सचिन रौनियारले झन्डै १२ वर्षपछी ’ए मान्छे’ बोलको गीतका साथ् कमब्याक गरेका छन् । डेढ दशक अगाडीको गीतसंगीतमा सुनिने र गुन्जिने नाम भएता पनि झन्डै १२ वर्षभने उनि नयाँ गीतसंगीतका साथ् प्रस्तुत भएनन् । डिजिटल युगको पहिलो गीत बताउने सचिनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेका हुन् । मनोरंजनसँगै अनेकतामा एकताको संदेश समेत दिने गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत रहेको छ ।
्गीतमा सचिनसँगै संजय श्रेष्ठ , बबिन , भिम तुलाधर लगायत पनि देखिएका छन् । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकतालाई प्रस्ट्याईएको छ । ’मनमगन’ पछी यसको किसिमको भिडियो निर्देशन गरेको बताउने सुव्रतले निर्माणको क्रममा कुनै सम्झौता नगरेको बताएका छन् । भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन , भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।
सचिनको बारेमा
सचिनले गायनमा झन्डै अढाई दशक बिताईसकेका छन् । बिक्रम संवत २०४३ सालमा पहिलो एल्बम ’सर्च’ बजारमा ल्याएका उनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । सर्चसँगै स्पर्श , नशा , सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन । छ भनौ कि छैन भनौ , यो वनमा छैन क्यारे न्याउली कराउदिन ए कान्छी , ए माया कहाँ छौ कहाँ , झन् झन् बढ्यो याद तिम्रो , आफ्नो मान्छे लगायतका उनको गीतले पछिल्लो पुस्तासम्म उनलाई पुर्याएको छ । १२ वर्षको अन्तरालमा ए मान्छे लिएर आएका सचिनले अब संगीतलाई निरन्तरता दिने बताएका छन् ।सचिन रौनियार , गायक स् डिजिटल युगमा प्रवेश गर्दै गर्दा समयको पर्खाइले नै यो ग्याप भयो ।
म संगीतबाट टाढा त थिइन् तर नयाँ गीतको साथ् आउँन पनि सकिन । केहि नयाँ गर्ने सोच्दा सोच्दै समय वितेको पत्तै पाइदो रहेनछ । १२ वर्ष भइसकेछ । यसपटक नयाँ परिवेश , प्रविधिमा काम गर्दा फरक र रमाइलो अनुभूति भयो । आफुलाई अपडेट गराउने अवसर पाए । पप लोक फ्युजन शैलीको गीत तयार पार्न झन्डै मलाइ ९ महिना लाग्यो । मेरो गीतमा रमाइलो सँगै संदेश पनि होस् र समसामयिक पनि होस् भन्ने चाहना थियो । यसैले गर्दा विना सम्झौता गीत तयार गरेको छु ।
सुव्रत आचार्य स् मलाइ यस वर्षको सुरुवातमै रिलिज गरिएको मनमगनले चर्चा दिलायो । भिडियोलाई धेरैले मन पराउनु भयो । त्यसपछी म आफैले त्यो लेबल भन्दा एक स्टेप माथिको काम ’ए मान्छे’ मा गरे जस्टि लाग्छ । सचिनजी १२ वर्षपछी कमब्याक हुदै गर्दा भिडियो बनाउने जिम्मेवारी मैले पाए , त्यो मेरो लागि अवसर र चुनौती दुवै थियो । उहाको फ्यान र अहिलेको जेनेरेशनलाई हुने गरि मैले काम गर्नु पर्ने थियो । गीतको भावनै अनेकतामा एकता हो , मैले त्यहि अनुरुप दृश्यमा देखाउने कोसिस गरेको छु । भिडियोलाई राम्रो बनाउन टिमले निकै मेहनत गरेका छौ , बाकि त दर्शककै हातमा छ ।
तपाईंको प्रतिक्रिया