

काठमाडौं, ३० चैत – आज शुक्रवारदेखि नेपाली सिनेमाघरमा चलचित्र ‘लिलिबिली’ र ‘नेप्टे’ रिलिज हुँदैछन् । दुवै चलचित्र वर्षको अन्तिम दिन रिलिज हुन लागेका हुन् ।
दुवै चलचित्रले राम्रै प्रचार गरेका छन् । दयाहाङ राई अभिनित चलचित्र नेप्टे एउटा गाउँको कथामा निर्माण भएको छ । र, उक्त चलचित्रमा रोहित रुम्बा, छुल्ठिम गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । साथै फिल्ममा दयाहाङ राई भिलेनको भूमिकामा देखिएका छन् भनेर प्रचार गरिएको छ । फिल्मको ट्रेलरले भने औसत प्रतिकृया पाएको छ । चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुुन् ।
त्यस्तै चलचित्र लिलिबिली चर्चाको हिसाबले केही अगाडि देखिएको छ । फिल्मका कलाकार खुलेरै फिल्मको प्रचारमा लागेका थिए । यसले पनि प्रदीप खड्का र जसिता गुरुङले एक प्रकारको हाइप बनाएका छन् । लभ स्टोरी फिल्म लिलिबिलीमा प्रदीप र जसिता सहित अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । त्यस्तै चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलर र गीतले राम्रै चर्चा कमाएका छन् ।
तपाईंको प्रतिक्रिया