

मुम्बई – युट्युबमा जुन फिल्मको ट्रेलरलाई हेरेर सफलताका आँकलन गर्न सकिन्छ, त्यो फिल्म फ्लप भएको विरलै पाइन्छ । आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ यस्तै फ्लप फिल्मको उदाहरण बनेको छ ।
यो फिल्मले युट्यबमा नयाँ रेकर्ड नै बनायो । जबकि, भारतीय फिल्ममा धेरै हेरिने ट्रेलरमा यो फिल्मले रेकर्ड नै राख्यो । एक सय मिलियनभन्दा बढीपटक हेरिएको यो फिल्म ट्रेलरमा त सफल भयो तर बक्स अफिसमा पूर्ण रुपमा असफल भयो । ट्रेलर हेर्नेमध्ये ५ प्रतिशतले मात्र फिल्म हेरेका हुन्थे भने यो फिल्म बल्कबस्टर हुने थियो ।
बलिउडमा पनि नेपालमा जस्तै कतिपयले ट्रेलरकै आधारमा फिल्मको व्यापारको आँकलन गर्ने गर्छन् । यस मामलालाई यो आँकलन आधारहीन बनेको छ ।
ट्रेलर त फ्रीमा हेर्न पाइन्छ । तर दर्शक आफूले मनोरञ्जन पाउने भएमात्र फिल्म हेर्न जान्छन् । भलै ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलरले भने दर्शकमा निकै उत्सुकता जगाएको थियो ।
ठग्स अफ हिन्दोस्तानको ट्रेलर यतिपटक हेरिएर पनि फिल्म नोक्सानमा पुग्यो । ट्रेलरले साँच्चिकै दर्शकको मन छुन्थ्यो । तर, दर्शकले फिल्मको रिपोर्टलाई हेरेर फिल्म हेर्न नजाने निधो गर्दा फिल्म ठाडै फ्लप भयो ।
तपाईंको प्रतिक्रिया