काठमाडौं, २४ वैशाख – चलचित्र ‘मनाङे नानी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदो शुक्रवारबाट रिलिज हुन लागेको चलचित्रले ढिला गरी ट्रेलर सार्वजनिक गरिएको छ ।
मनाङका विभिन्न भेगमा छायांकन गरिएको चलचित्रको ट्रेलरमा प्रायः सबै कलाकार अटेका छन् । चलचित्रमा भीम गुरुङ, शान्ति गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, खुशी गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा कथा तथा पटकथा खुसबहादुर गुरुङको छ भने गौतम गुरुङ, सोलबहादुर गुरुङ, भीमराज गुरुङ, टिकमाया गुरुङले फिल्ममा लगानी गरेका छन् । चलचित्र लेखक खुसबहादुरले नै निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=FIsTydrrpSs
तपाईंको प्रतिक्रिया