सलोन र साराको ‘हुकुम बक्सियोस्’ (भिडियो) − Kalakarita
सलोन र साराको ‘हुकुम बक्सियोस्’ (भिडियो)

बिहीबार, साउन १०, २०७५, ०८ : २२कलाकारिता

काठमाडौं । चलचित्र ‘सुश्री सम्पत्ति’ को गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको गीतमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपान लगायतले अभिनय गरेका छन् ।

‘हुकुम बक्सियोस्’ बोलको गीतमा मेलिना राईले स्वर दिएकी छिन् भने सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ । गीतले रोयल परिवारलाई इंगित गर्न खोजेको छ ।

भरत रेग्मीले सम्पादन गरेको यो फिल्मलाई रमेश त्वयना, विज्ञान राई, नुनम सुब्बा र रमन शिलाकारले निर्माण गरेका हुन् । त्यस्तै फिल्मलाईसुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया