जोन अब्राहमको ‘सत्यमेव जयते’ ले कति कमायो? − Kalakarita
जोन अब्राहमको ‘सत्यमेव जयते’ ले कति कमायो?

शनिबार, भाद्र २, २०७५, ०२ : २२कलाकारिता

मुम्बई – जोन अब्राहमको एक्सन ड्रामा फिल्म ‘सत्यमेव जयते’ र अक्षय कुमारको रियल लाइफ ड्रामा फिल्म ‘गोल्ड’ १५ अगस्तमा रिलिज भएका थिए । पहिलो दिन अक्षय कुमारको फिल्मको व्यापार धेरै थियो । तर पछि भने सत्यमेव जयतेले राम्रो कमाइ ग–यो ।

जोन अब्राहम र मनोज बाजपेयी स्टारर फिल्म तीन दिनमा ४० करोड कलेक्सनको नजिक पुगेको छ । फिल्मले तेस्रो दिन ९ करोड १८ लाख भारु कमाइ गरेको थियो । अब फिल्मको तीन दिने कलेक्सन ३७ करोड ६२ लाख भएको भारतीय मिडियाले बक्स अफिसलाई उद्धृत गर्दै लेखेका छन् ।

सकारात्मक कुरा के छ भने फिल्मको व्यापार लगातार उकालो लागिरहेको छ । जसका कारण यो फिल्म ‘गोल्ड’ जस्तो ठूलो फिल्मसँग जुधेको छ ।

पहिलो दिन गोल्ड ३ हजार स्किृनमा लागेको थियो भने सत्यमेव जयते २५ सय स्किृनमा लागेको थियो ।

जोन अब्राहमको फिल्मको कहानी काल्पनिक छ भने गोल्डको वास्तविक कहानी हो । गोल्डले पहिलो दिनमा २५ करोड २५ लाखको व्यापार गरेको थियो । यसैसँगै गोल्ड यो वर्ष पहिलो दिन धेरै कमाइ गर्नेमध्ये तेस्रो बनेको थियो ।


तपाईंको प्रतिक्रिया