कोलम्बिया – चर्चित गायिका साकिरालाई यतिबेला समस्या परेको छ । कोलम्बियाकी यी गायिकाले स्पेन सरकारलाई २० मिलियन युरो ट्याक्स तिर्नुप–यो । जुन नेपाली रकम अनुसार २ अर्ब ६० करोड हुन आउँछ ।
साकिरा सन् २०११ देखि १४ सम्म स्पेनमा बसेकी थिइन् । बार्सिलोनाका फुटबल जेरार्ड पिकेसँग उनी स्पेनमा बस्दा कर छली गरेको आरोपमा स्पेनी एजेन्सीले साकिराको एकाउन्ट चेक ग–यो ।
स्पेनी कानुमा १ सय ८३ दिनभन्दा बढी बस्यो भने स्पेनकै कानुनअनुसार कर तिर्नुपर्ने व्यवस्था छ । साकिराले त्यो समयमा कमाएको रकमबाट कर तिरेपनि उनका वकिलहरुले भने विदेशबाट पैसा कमाएको भन्दै आइरहेका छन् ।
अझ अर्को प्रसंग त के छ भने साकिराले त्यति रकम २०११ को रकमबाटै तिर्नुपरेको हो । २०१२ देखि १४ सम्मको कर कति तिर्नुपर्ने हो, त्यसको त कुनै टुङ्गो नै लागेको छैन ।
-एजेन्सी
तपाईंको प्रतिक्रिया