बुधबार, वैशाख १२, २०७५, ०९ : २२कलाकारिता
अमेरिका – मोसन पिक्चर्स आर्ट एण्ड साइन्स एकेडेमीले सन् २०१९ मा हुने ९१ औं ओस्कार अवार्डको आयोजना मिति सार्वजनिक गरेको छ ।
समाचार वेबसाइट हलिउड रिपोटर डटकमका अनुसार यस वर्षको ओस्कार विन्टर ओलम्पिकका कारण मार्चमा भएको थियो । यस वर्ष भने पहिलेजस्तै २४ फेब्रुअरीमा नै अवार्ड समारोह हुनेछ ।
एकेडमी अवार्डको आधिकारिक सत्र यस वर्ष १८ नोभेम्बरबाट हुनेछ । नोमिनेसनका लागि भोटिङ ७ जनवरीदेखि १४ फेब्रुअरीसम्म चल्नेछ । वर्ष २०१९ को नोमिनेसनको घोषणा २२ जनवरीमा हुनेछ ।
तपाईंको प्रतिक्रिया