समीक्षकलाई दीपकराज गिरीको झटारो – तरण आदर्शजस्ता समीक्षक भएनन्

मंगलबार, जेठ ७, २०७६, १० : २३कलाकारिता

काठमाडौं – नेपालमा फिल्म राम्रा बन्दैनन् । जसकारण फिल्मको प्रतिक्रिया पनि राम्रो आउने गर्दैन । समीक्षाका आफ्नै समस्या होलान् तर फिल्ममेकरले समीक्षा पचाउनै सकेका छैनन् । जसकारण अहिले त राम्रा मेकर भनिएका कलाकार नै खुला रुपमा समीक्षकका विरुद्ध उत्रिन थालेका छन् । यसैबीच कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेखेर फिल्मकर्मीमाथि झटारो बर्साएका छन् ।

‘एक चलचित्र समीक्षक गुनासो गर्दै थिए, नेपालमा सञ्जय लीला भन्सालीजस्ता फिल्म मेकर जन्मेनन्,’ दीपकराज गिरीले फेसबूकमा लेखेका छन्, ‘सही हो, न सञ्जय लीलाजस्ता फिल्ममेकर जन्मे, न तरण आदर्शजस्ता समीक्षक, हामी पनि सिक्दैछौँ, तपाईं पनि सिक्दै जानूस् ।’

दीपकराज गिरीले घुमाउरो भाषामा नेपालका समीक्षकले समीक्षा गर्नै नजान्ने बताएका छन् । साथै उनले समीक्षकले पनि समीक्षा लेख्न सिक्नुपर्ने भएकाले सिक्ने आज्ञा दिएका छन् ।

कलाकार दीपकराज गिरीले बेलाबेलामा समीक्षकमाथि झटारो बर्साएकै हुन्छन् । यसअघि पनि एक सार्वजनिक कार्यक्रममा आफूहरुलाई स्टार होइन, व्यापार गर्ने फिल्म चाहिएको आशय व्यक्त गरेका थिए ।

दर्शकले दीपकराज गिरीको कमेन्टमा फिल्म पनि स्तरीय हुनुपर्ने धारणा राखेका छन् ।

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।