प्रमोदको ‘बैगुनीलाई’, शिल्पा बनिन् बैगुनी − Kalakarita
प्रमोदको ‘बैगुनीलाई’, शिल्पा बनिन् बैगुनी

बिहीबार, चैत्र १५, २०७४, ०२ : २३कलाकारिता

काठमाडौं, १५ चैत – गायक प्रमोद खरेलले नयाँ गीत बजारमा ल्याएका छन् । ‘बैगुनीलाई’ बोलका गीतमा विछोडका शब्द समावेश गरिएको छ ।

विवेक बुढाथोकीले लेखेका शब्दमा श्रीकृष्ण बम मल्लको संगीत छ भने गीतमा अहिलेका भर्सटाइल गायक प्रमोद खरेलले स्वर दिएका छन् ।

गीतको भिडियोमा उमेश लम्साल, शिल्पा पोखरेल र समीर आरडीले अभिनय गरका छन् भने आयुष क्षेत्रीले निर्देशन गरेका छन् ।

 


तपाईंको प्रतिक्रिया