‘कृ’ ले पुरानो गीत हटाएर नयाँ राख्यो, दर्शकले भने, झन् दामी − Kalakarita
‘कृ’ ले पुरानो गीत हटाएर नयाँ राख्यो, दर्शकले भने, झन् दामी

आइतबार, चैत्र १८, २०७४, ०८ : २३कलाकारिता

काठमाडौं, १८ चैत – चलचित्र ‘कृ’ को लफडा भर्खरै सेलाएको छ । तर यसको असर अझै बाँकी छ । चलचित्र ‘कृ’ को गीतमा समावेश ‘उकालीमा पछिपछि’ बोलको गीत चोरी भएको आरोप लागेपछि फिल्मका निर्माता सुवास गिरीले प्रहरीले हिरासतमा लियो । र, ११ लाखमा कुरा मिलेपछि उनलाई रिहा गरियो ।

उक्त सम्झौतामा ‘कृ’ ले पहिलेको गीत अनुसार चोरी गरिएका शब्द हटाउनुपर्ने थियो ।

सोही अनुरुप अहिले पुरानो गीत हटाएर उही भिडियोका दृश्यमा नयाँ शब्द राखेर गीतको भिडियो रिलिज गरिएको छ ।

नयाँ गीतमा पनि अल्मोडा राना उप्रेतीकै स्वर र संगीत छ । गीतका शब्द अल्मोडा र सविन एकतारेकै छन् ।

युट्युबमा अपलोड गरिएको उक्त गीतमा युट्युब प्रयोगकर्ताले कमेन्ट गर्दै गीत अझ राम्रो भएको प्रतिक्रिया दिएका छन् । साथै केहीले प्रयोगकर्ताले पहिले नै यो गीत अपलोड गरेको भए विवादमै नआउने प्रतिक्रिया दिएका छन् ।


तपाईंको प्रतिक्रिया