सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ विवादमा तानियो − Kalakarita
सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ विवादमा तानियो

बुधबार, असार १३, २०७५, ०७ : २३कलाकारिता

मुम्बई – राजकुमार हिरानीले निर्देशन गरेको फिल्म ‘सञ्जु’ आउँदो शुक्रवार रिलिज हुँदैछ । रिलिज हुन केही दिन बाँकी हुँदा फिल्मको एक संवादलाई लिएर विरोध उत्पन्न भएको हो ।

फिल्मका कलाकार रणवीर कपूर र अनुष्का शर्मामाथि उजुरी समेत परेको छ । यो फिल्ममा सञ्जय दत्तको भूमिका रणवीर कपूरले निभाएका छन् ।

राष्ट्रिय महिला आयोगमा कलाकारका विरुद्ध सेक्स वर्करले बोलेको एक डायलगमाथि उजुरी दिइएको हो । रणवीर र अनुष्काका अलावा यो उजुरी फिल्मका लेखक, निर्देशक र निर्मातामाथि पनि परेको छ ।

ट्रेलरमा भएको एक संवाद ‘आफ्नी श्रीमतीका अलावा कति महिलासँग रात बिताएका छौ’ लाई लिएर उजुरी परेको हो । यसलाई सेक्स वर्कर र महिलाका लागि अपमानजनक संवाद भनिएको छ । शिकायत पत्रमा संवाद पनि खुलाइएको छ ।

यसमा मात्र होइन, अर्को एक संवादमा पनि महिला आयोगमा उजुरी परेको छ । यता निर्माताले भने यी टिप्पणीका बारेमा केही बोलेका छैनन् ।
फिल्ममा रणवीर कपूरका अलावा परेश रावल, मनीषा कोइराला, सोनम कपूर पनि प्रमुख भूमिकामा छन् ।

 


तपाईंको प्रतिक्रिया