आमिर खानको महाभारतः एक हजार करोडको लगानी, अम्बानी पनि जोडिए − Kalakarita
आमिर खानको महाभारतः एक हजार करोडको लगानी, अम्बानी पनि जोडिए

बिहीबार, चैत्र ८, २०७४, ०१ : २४कलाकारिता

मुम्बई – आमिर खान स्टारर चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ अझै तयार भइसकेको छैन तर फिल्म भने अब छिटै रिलिजको तयारीमा छ । अर्कोतिर आमिरको ड्रिम प्रोजेक्ट महाभारतको कुरा शुरु भइसकेको छ बलिउडमा ।

खबरका अनुसार आमिर खानको महाभारत करीब एक हजार करोडमा बन्नेछ । जसमा मुकेश अम्बानीले पनि यस प्रोजेक्टमा लगानी गर्दैछन् ।
भारतीय समाचार माध्यमका अनुुुसार रिलायन्सका मालिक मुकेश अम्बानी पनि लगानी गर्ने फैसला गरेका छन् । तर अहिलेसम्म यसको आधिकारिक सूचना भने आएको छैन ।

अम्बानीले यसअघि पनि मनोरञ्जन क्षेत्रमा लगानी गरिसकेका छन् । यसपटक भने उनी महाभारतमा सह–निर्माताका रुपमा देखिनेछन् ।

आमिर खानको महाभारत फिल्मलाई पाँच भागमा बनाइनेछ । फिल्म हलिउडको हिट सिरिज ‘ह्यारी पोर्टर’ र ‘गेम अफ थ्रोन्स’ जस्तो बनाउने योजना आमिरको छ ।

फिल्ममा सबै कुराले भव्य हुनेछ । आमिर खानले हालै एक बायोपिक फिल्ममा काम गर्ने आफ्नो मनशाय बदलेर यो फिल्ममा हात हालेका हुन् ।
अब उनले दश वर्षसम्म ‘महाभारत’ मा काम गर्नेछन् । महाभारत उनको ड्रिम प्रोजेक्ट हो । ठग्स अफ हिन्दुस्तानको काम सकिनासाथ उनले यस फिल्ममा काम थाल्नेछन् ।


तपाईंको प्रतिक्रिया