रणवीर-दीपिकाको बिहे मण्डपको तस्वीर बाहिरियो − Kalakarita
रणवीर-दीपिकाको बिहे मण्डपको तस्वीर बाहिरियो

बिहीबार, कार्तिक २९, २०७५, १० : २४कलाकारिता

मुम्बई । बलिउड स्टार जोडी दीपिका पादुकोण र रणवीर सिंह सोमबार विवाह बन्धनमा बाँधिएका छन् । बलिउडमा यसको चर्चा सेलाएको छैन । इटालीको कोस्टा डिभा रिसोर्टमा उनहरुले बिहे गरेका हुन् । रणवीर–दीपिकाले कोंकणी परम्पराअनुसार बिहे गरेका थिए ।

नवविवाहित जोडीको बिहे भए पनि उनका फ्यानहरुले बिहेका तस्वीर हेर्न पाएका थिएनन् । जोडी इटाली जाँदै गर्दाको तस्वीर मात्र सामाजिक सञ्जालमा आएका थिए ।

आज सामाजिक सञ्जालमार्फत अभिनेता रणवीर सिंहले बिहेको फोटोमा लभ रियाक्ट सहित सार्वजनिक गरेका हुन् । तस्वीरमा दीपिका र रणवीर मुस्कुराएको देखिन्छ । फ्यानले रणवीर र दीपिका दुवैलाई बधाई दिएका छन् ।

विवाहमा रणवीर र दीपिकासँगै निम्ता गरिएका आफन्तको पनि उपस्थिति थियो । यी दुई जोडी फिल्म ‘पद्मावत’ को शूटिङका क्रममा अझ बढी नजिक भएको बताइन्छ ।


तपाईंको प्रतिक्रिया