मुम्बई – पाँच पाँच वर्षको अन्तरमा ‘रेस’ को सिरिज आइरहेको छ । रेस २००८ मा रिलिज भएको थियो । त्यसपछि सन् २०१३ मा रेस २ आएको थियो ।
यसपटक फिल्ममा सुपरस्टार सलमान खान जोडिएका छन् । डाइरेक्टर पनि अब्बास–मस्तानका सट्टामा रेमो डिसूजा छन् ।
रेसको सिरिजमा फिल्मको कहानीमा डबल क्रस, षडयन्त्र र धोका हुन्छ । यो सबै रेस ३ मा पनि देख्न सकिन्छ । यस्तै कहानीमा रेस ३ को कहानी घुम्छ । यो सस्पेन्स थ्रीलर फिल्मको कहानीमा धेरै बारे भन्ने बताउन सकिन्न ।
तर, यो पक्का छ कि, यो फिल्ममा धेरैभन्दा धेरै उतार–चढाव र रोमान्चक देख्न पाइन्छ ।
फिल्ममा सलमान खानका अलावा बबी देओल, ज्याकलिन फर्नाडिज, अनिल कपूर, डेजी शाह, साकिब सलीम, फ्रेडी दारुवाला हुनेछ ।
यो फिल्म जून १५ मा रिलिज हुँदैछ ।
तपाईंको प्रतिक्रिया