सलमानलाई भेट्न सबैभन्दा पहिले घर पुगिन् क्याटरिना कैफ − Kalakarita
सलमानलाई भेट्न सबैभन्दा पहिले घर पुगिन् क्याटरिना कैफ

आइतबार, चैत्र २५, २०७४, ०४ : २४कलाकारिता

मुम्बई – कालो हरिणको शिकार गरेको आरोपमा जमानत मिलेपछि सलमान खान जोधपुरको जेलबाट रिहा भएर मुम्बई पुगे ।

सलमान खानलाई हेर्नका लागि सलमान खानका कैयन् फ्यान सडकमा जम्मा भएका थिए । उनका घर बाहिर पनि फ्यानको उत्तिकै भीड थियो । सलमान आफ्ना परिवारका साथ घरको बाल्कोनीमा निस्केका थिए ।

उनले बाल्कोनीबाटै आफ्नै फ्यानलाई धन्यवाद दिएका थिए । घरमा सबैभन्दा पहिले उनलाई भेट्न क्याटरिना कैफ पुगेकी थिइन् ।

उनलाई भेट्न क्याटरिना मात्र होइन कि, अमृता अरोडा, शकील लड्क, शाकिब सलीम, डेजी शाह, रमेश तोरानी, मलाइका अरोढा, महेश मांजरेकर, क्जाकलिन फर्नाडिक, वरुण धवन, राजपाल यादव, बबी देवल लगायतका कलाकार पुगेका थिए । सलमान आफ्ना भाञ्जालाई काखमा उठाएका थिए । साथै उनले आफ्ना फ्यानलाई धन्यवाद पनि दिएका थिए ।


तपाईंको प्रतिक्रिया