काठमाडौं, १० जेठ – हरर जानरामा निर्माण भएको ऋचा शर्मा अभिनित चलचित्र ‘सु्नकेशरी’ ले फिल्म रिलिजको पहिलो दिन प्रिमियर शो ग–यो । उक्त शोमा पत्रकार तथा केही गेस्टलाई निमन्त्रणा गरिएको थियो ।
साथै उक्त कार्यक्रममा राजनीतिज्ञ रञ्जु दर्शना पनि उपस्थित थिइन् । खासै फिल्म हेर्न नआउने यी युवा लिडर रञ्जु दर्शनाले फिल्म हेरिसकेपछि आफूलाई फिल्मले तर्साएको बताइन् ।
‘फिल्मले तर्सायो, यादव जी (रविन्द्र झा) हुनुभएकाले फिल्मले हँसायो पनि’, उनले भनिन्, ‘फिल्मको जानराको हिसाबले मलाई कमेडी फिल्म बढी मन पर्छ ।’
साथै उनले आफूलाई नेपाली फिल्मलाई सपोर्ट गरेपनि फिल्म क्षेत्रमा आउने कुनै रुचि नभएको बताइन् ।
चलचित्र सुनकेशरी भोलि अर्थात् यही शुक्रवारदेखि रिलिज हुँदैछ । चलचित्रमा ऋचा शर्मा सुनकेशरीका भूमिकामा छिन् भने अष्ट्रेलियन कलाकार लोरेनले पनि अभिनय गरेकी छिन् ।
फिल्मको लेखन तथा निर्देशन अर्पण थापाले गरेका हुन् ।
तपाईंको प्रतिक्रिया