मुम्बई – यतिबेला सलमान खान समाचारमा आएका हुन्छन् त उनको आगामी फिल्म ‘रेस ३’ लाई लिएर । यो फिल्मलाई बलिउडमा सबैभन्दा धमाकेदार फिल्मका रुपमा हेरिएको छ । ईदको मौका पारेर रिलिजको तरखरमा रहेको यो फिल्मले रिलिजअघि नै ३०० करोड कमाइसकेको भनेर भारतीय मिडियाले लेखेका छन् । फिल्मको स्याटालाइट राइट्स मात्र १ सय ४० करोडमा बेचिएको बताइएको छ ।
अझ अर्को कुरा त के भने यो फिल्म थ्रीडीमा रिलिज हुने भनेर हल्ला चलिरहेको छ । भारतीय मिडियाका अनुसार यो फिल्मलाई यतिबेला थ्रीडी टेक्नोलोजीमा बदल्ने कार्य भइरहेको छ । यो फिल्मलाई अबु धाबी, थाइल्याण्ड, भारतको श्रीनगर लगायतका स्थानमा छायांकन गरिएको छ । र, यो फिल्मलाई जबरजस्त एक्सन फिल्मका रुपमा पनि हेरिएको छ ।
तर, फिल्म थ्रीडीमा रिलिज हुने भनिएपनि औपचारिक जानकारी भने निर्माण टिमले दिएको छैन । भलै फिल्मका निर्माताले दर्शकलाई यो फिल्मले थ्रीडीको मजा चखाओस् भन्ने चाहेको बताइएको छ ।
तपाईंको प्रतिक्रिया