मोदीको सरकार बन्ने भएपछि बलिउड सेलिब्रेटीले दिए बधाई ! − Kalakarita
मोदीको सरकार बन्ने भएपछि बलिउड सेलिब्रेटीले दिए बधाई !

शुक्रबार, जेठ १०, २०७६, ०९ : २४कलाकारिता

मुम्बई – भारतको लोकसभा चुनाव २०१९ को नतिजा आउन शुरु भएको छ । नतिजाले फेरि एकपटक मोदीको बहुमतका साथ जीत हुने देखाएको छ । बलिउड कलाकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिन थालेका छन् । बलिउड कलाकारहरुले सामाजिक सञ्जालमार्फत मोदीलाई बधाई दिएका हुन् ।

अजय देवगनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गर्दै लेखेका छन्, ‘देशले जानेको छ कि, यसका लागि के सही हो, र उसले आफ्नो फैसला सुनाइदियो ।’

यस्तै वरुण धावनले लेखेका छन्, ‘देशले फैसला गरिसक्यो, आदरणीय प्रधानमन्त्री नरेन्द्र मोेदी जी तपाईंलाई विजयको शुभकामना, तपाईंको नेतृत्व र मार्गदर्शनले भविष्यमा सबै भारतीय एकसाथ अगाडि बढेको देख्न पाइनेछ ।’

अन्य सेलिब्रेटीले पनि मोदीलाई बधाई दिएका छन् । मोदी फेरि पनि भारतका प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ ।


तपाईंको प्रतिक्रिया