काठमाडौं, २४ साउन – काठमाडौंभित्र घट्ने विविध कथालाई तयार पारेर निर्माण गरिएको फिल्म ‘कथा काठमाडौं’ को नयाँ गीत सार्वजनिक भएको छ ।
‘जुन अनि तारा’ बोलको गीतमा सुगम पोखरेलले स्वर दिएका छन् भने दिपेश सु्ब्बाले संगीत दिएका छन्, त्यस्तै मोहित मुनालले एरेन्ज गरेका हुन् । यसअघि फिल्मले रिलिज गरेको क्लबको गीत विवादमा तानिएको थियो ।
सार्वजनिक गरिएको गीतमा संजोग कोइराला, सन्ध्या जोशी, आयुष्मान जोशी, प्रियंका कार्की, प्रमोद अग्रहरी लगायतका कलाकार देखिएका छन् ।
संगीता श्रेष्ठको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् भने लुज सिंहले छायांकन गरेका हुन् । फिल्मलाई विजय राईले निर्माण गरेका हुन् ।
तपाईंको प्रतिक्रिया