यी हुन् बलिउडका महंगो पारिश्रमिक लिने ७ आइटम गर्ल्स − Kalakarita
यी हुन् बलिउडका महंगो पारिश्रमिक लिने ७ आइटम गर्ल्स

शुक्रबार, भाद्र ८, २०७५, ०६ : २४कलाकारिता

मुम्बई – आइटम गीत बलिउडमा मात्र होइन, नेपाली गीतमा पनि अहिले अनिवार्यजस्तै भएको छ । यही गीतले गर्दा फिल्मको प्रचार पनि हुने गर्छ । बलिउडमा करीना कपूरदेखि लिएर दीपिका पादुकोणसम्मले आइटम गीत गर्ने गर्छन् । तीमध्ये केहीले भने मंहगो पारिश्रमिक लिने गर्छन्ः

सनी लियोनी

सनी लियोनी आइटम गीत गरेवापत सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् । उनले शाहरुख खानको फिल्म ‘रइस’ मा पनि आइटम गीत गरेकी छिन् । उनले एउटा गीतको ४ करोडसम्म लिने गरेकी छिन् ।

पछिल्लो समयमा के हल्ला आएको छ भने उनी एक नेपाली फिल्ममा पनि आइटम डान्स गर्दैछिन् ।

प्रियंका चोपडा

प्रियंका चोपडाले ‘राम जाने’ मा गज्जबको आइटम डान्स गरिसकेकी छिन् । उनले एउटा गीतमार्फत ३ करोडसम्म लिने गर्छिन् । तर उनी जस्तो पायो त्यस्तो फिल्ममा भने आइटम डान्स गर्दिनन् ।

क्याटरिना कैफ

चिकनी चमेली र शिलाकी जवानी जस्ता चर्चित गीतमा आइटम डान्स गरेकी क्याटरिना कैफ तीन करोड रुपैयाँ लिने गर्छिन् । तर, उनी सम्बन्धका आधारमा मात्र आइटम डान्स गर्ने गर्छिन् ।

दीपिका पादुकोण

क्याटरिनाले जस्तै दीपिका पादुकोणले पनि आफ्ना प्रिय निर्माता या निर्देशकका फिल्ममा मात्र काम गर्छिन् । उनले एउटा आइटम गीत गरेवापत ३ करोड लिने गर्छिन् ।

ज्याकलिन फर्नाडिस

‘बागी २’ मा ज्याकलिन फर्नाडिसले ‘एक दुई तीन’ गीतमा आइटम डान्स गरेकी थिइन् । तर, उनको गीत खासै हिट भने भएन । उनले लगभग २ करोड लिने गर्छिन् ।

मलाइका अरोरा

मलाइका अरोराले पछिल्लो समय भने आइटम गीतमा खासै रुचि दिएकी छैनिन् । तर, उनको पारिश्रमिक २ करोड रुपैयाँ छ ।

उर्वशी रौटेला

अरुको तुलनामा यिनको पारिश्रमिक केही कम छ । उनको आइटम डान्स ‘सारा जमाना’ निकै हिट भएको थियो । उनले करीब ५० लाख पारिश्रमिक लिने गर्छिन् ।


तपाईंको प्रतिक्रिया