आमिर खानले रिजेक्ट गरेका थिए ‘सन्जु’ को यो भूमिका − Kalakarita
आमिर खानले रिजेक्ट गरेका थिए ‘सन्जु’ को यो भूमिका

आइतबार, जेठ ६, २०७५, १० : २४कलाकारिता

मुम्बई – सञ्जय दत्तको वायोपिक फिल्म ‘सन्जु’ मा रणवीर कपूर सञ्जय दत्तको भूमिकामा देखिँदैछन् ।

रणवीरका अलावा यस फिल्मा परेश रावल विक्की कौशल, दिया मिर्जा, सोनम कपूर, अनुष्का शर्मा, मनीषा कोइराला लगायतले पनि अभिनय गरेका छन् ।

आमिर खानलाई यो फिल्ममा राजकुमार हिरानीले सञ्जय दत्तका बुबा सुनील दत्तका रोल दिएका थिए । तर आमिरले यो रोललाई रिजेक्ट गरिदिए ।

भारतीय मिडियाका अनुसार हिरानीले बताएका छन् कि, ‘आमिर मेरा साथी पनि हुन्, मैले जुन फिल्मको स्क्रिप्ट लेख्छु, उनीसँग पुगेकै हुन्छु, मैले सञ्जुको स्क्रिप्ट सुनाउँदा उनले म पनि केही गर्छु भनेका थिए’, उनले भनेका छन्, ‘मैले सुनील दत्तको रोल गर्न भने, तर उनले फिल्म दंगलका लागि अर्के लूक बनाएका थिए, त्यसैले उनले सुनील दत्तको रोल गर्न चाहेनन् ।’

उनले भनेका छन्, यदि सञ्जय दत्तले फिल्मको कुनै लाइन हटाउन चाहेपनि पाउने छैनन् भनेर पहिले नै सम्झौता गरिएको थियो ।

यो फिल्म २९ जुनमा रिलिज हुँदैछ । फिल्ममा रणवीर कपूरले निभाएको भूमिकाको व्यापक चर्चा पाएको छ ।


तपाईंको प्रतिक्रिया