रिलिज भयो करिष्माको ‘हिरोज’ ट्रेलर − Kalakarita
रिलिज भयो करिष्माको ‘हिरोज’ ट्रेलर

आइतबार, फागुन २०, २०७४, ०३ : २५कलाकारिता

काठमाडौं, २० फागुन – अभिनेत्री करिष्मा मानन्धर अभिनित चलचित्र ‘हिरोज’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजिक एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरियो । साथै कार्यक्रममा फिल्मका अन्य तीन गीत पनि रिलिज गरियो ।

यही चैत २३ गतेबाट प्रदर्शन हुने चलचित्रमा करिष्मा मानन्धरका अतिरिक्त मुकेश ढकाल, सञ्जोग राना, पूर्णिमा लामा, दिनेश डिसी लगायतका कलाकारले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् ।

चलचित्रमा टंक बुढाथोकी र विकास चौधरीको संगीत छ । कथा सञ्जोग लामाले लेखेका हुन् भने तारा थापाले फिल्मलाई सम्पादन गरेका छन् ।

फिल्मलाई एनबी महर्जनले निर्देशन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया