काठमाडौं, २० असोज – नायक अनमोल केसीको फिल्म ‘क्याप्टेन’ ले रिलिज मिति सार्वजनिक गरिएको छ । केसीको बहुप्रतीक्षित यो फिल्म यसै वर्षको फागुनमा रिलिज गरिने भएको छ ।
चलचित्रका वितरक मनोज राठीले आउँदो फागुन १७ गते फिल्म प्रदर्शनमा आउने जानकारी दिए । कार्तिकमै आउने भन्ने हल्ला चलेपनि फिल्म फागुनमा पुगेको हो । स्रोतका अनुसार भीएफएक्सको काम अझै बाँकी रहेकाले प्रदर्शन मिति पछाडि धकेलिएको हो ।
स्रोतले जानकारी गराए अनुसार भीएफएक्सको काममा हलिउडका केही प्राविधिक पनि खटिनेछन् ।
स्पोर्टस् जानराको यो फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने फिल्ममा अनमोल केसीसँगै उपासना ठकुरी, विल्सनविक्रम राई, प्रशान्त ताम्राकार, प्रियंका एमभी, सुनील थापा लगायतका कलाकारले मुख्य भूमिका निभाएका छन् ।
तपाईंको प्रतिक्रिया