यी हुन् सलमान खानका उत्कृष्ट १० फिल्म − Kalakarita
यी हुन् सलमान खानका उत्कृष्ट १० फिल्म

सोमबार, जेठ १४, २०७५, ११ : २५कलाकारिता

मुम्बई – यो समयमा सलमाना खान बलिउडमा सबैभन्दा ठूला स्टार भएका छन् । उनको नामले नै टिकट लिनेको भीड लाग्ने गर्छ । सय करोड कल्बमा उनका धेरै फिल्म पर्ने गर्छन् । नेपालमा पनि उनका फ्यान छन् ।

सलमान खानका केही फिल्म छन्, जो उत्कृष्ट दशमा पर्न सफल छन् ।

ट्युबलाइट

इदमा रिलिज भएको यो फिल्मले १ सय २१ करोडभन्दा बढीको व्यापार गरेको थियो । यो फिल्मलाई असफल फिल्ममध्ये एक मानिन्छ तर फिल्मको व्यापारले भने यो फिल्म हिट फिल्ममा राखिएको छ ।

दबंग

सन् २०१० को यो फिल्मले सलमान खानको लोकप्रियतालाई अझ धेरै बढाएको थियो । यो फिल्ममा उनी चुलबुल पाण्डेका रुपमा देखिएका थिए । यसको सिक्वेल बन्ने क्रममा छ भने यो फिल्म बस्क अफिसमा पनि सुपरहिट भएको थियो । फिल्मले १३८ करोडभन्दा माथिको व्यापार गरेको थियो ।


बडीगार्ड

यो फिल्मले बडीगार्ड जस्तो कमजोर फिल्मलाई पनि सलमाना खानको स्टारडमले हिट बनाएको थियो । यो फिल्मपछि के पनि भन्न थालिएको थियो भने, सलमानको अनुहार मात्र देखे पनि फिल्म हिट हुने रहेछन् । यो फिल्मले १ सय ४२ करोड बक्स अफिस कलेक्सन गरेको थियो ।

दबंग २

फिल्म दबंगको सिक्वेल यो फिल्म दबंगका तुलनामा अझ बढी लोकप्रिय भएको थियो । यो फिल्मले बक्स अफिसमा १ सय ५८ करोडभन्दा बढीको व्यापार गरेको थियो ।

एक था टाइगर

यो फिल्मले १ सय ९८ करोडको व्यापार गरेको थियो । कबीर खानले फिल्मलाई निर्देशन गरेका थिए ।

प्रेम रतन धन पायो

यो फिल्मले सलमानलाई अझ हिट बनाइदियो । दिवालीको बेला रिलिज भएको यो फिल्मले २ सय ७ करोडभन्दा बढी बक्स अफिस कलेक्सन गरेको थियो ।

किक

सन् २०१४ को यो फिल्मले २ सय ३३ करोड कमाएको थियो । समीक्षात्मक रुपमा यो फिल्मले खासै राम्रो प्रतिक्रिया पाउन सकेन तर पनि ऐतिहासिक कलेक्सन गर्ने फिल्म भएको थियो यो ।

सुल्तान

बक्स अफिस कलेक्सनका हिसाबले यो फिल्मले ३ सय करोडभन्दा बढीको व्यापार गरेको थियो । यसमा उनले एक पहलवानको भूमिका निभाएका थिए ।

बजरंगी भाइजान

फिल्ममा सलमानले सबैभन्दा राम्रो अभिनय गरेको भनिएको फिल्म हो यो । बजरंगीको भक्त र सोझालाई सहयोग गर्ने भूमिका निभाएका सलमानको अभिनयको पनि तारिफ भएको थियो । फिल्म ब्लकबस्टर भएको थियो ।

टाइगर जिन्दा है

सलमान खानको पछिल्लो फिल्म टाइगर जिन्दा है ले बक्स अफिसमा ३ सय ३८ करोड बढीको कमाइ गरेको थियो । यो फिल्म एक था टाइगरको सिक्वेल हो र सलमान खानलाई यो फिल्ममा अत्यन्तै रुचाएका थिए ।


तपाईंको प्रतिक्रिया