निर्मलालाई न्याय दिन देउडा गीतमार्फत आह्वान − Kalakarita
निर्मलालाई न्याय दिन देउडा गीतमार्फत आह्वान

मंगलबार, भाद्र २६, २०७५, ०८ : २५कलाकारिता

काठमाडौं । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी भीमदत्तनगरपालिका–२ की निर्मला पन्तका हत्यारालाई झण्डै डेढ महिना बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । स्थानीयले भने प्रहरीले नै यो घटनालाई ओझेलमा पार्न खोजेको आरोप लगाएका छन् ।

सुदुरपश्चिममा मनाइने गौरा पर्वमा स्थानीयले देउडा गीतमार्फत निर्मला पन्तको दोषी पत्ता लगाएर कारवाही गर्न आग्रह गरेका छन् ।

देउडामार्फत डढेलधुराका स्थानीयले निर्मलालाई न्याय दिलाउन काठमाडौं जाऔँ भन्ने भावको गीतसमेत प्रस्तुत गरेका थिए ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउन छानबिन समिति बनेको थियो । तर, छानबिन समितिका एक सदस्य विरेन्द्र केसीले राजीनामा दिएपछि यो घटना झन् रहस्यमयी बनेको छ ।


तपाईंको प्रतिक्रिया