![](http://kalakarita.com/wp-content/uploads/2021/12/kalakarita-new-logo-FINAL-150x150.png)
![](https://kalakarita.com/wp-content/uploads/2019/05/poi-paryo-kale.jpg)
काठमाडौं – शिशिर राणाले निर्देशन गर्ने फिल्म ‘पोइ पर्यो काले’ को मुहूर्त गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको मुहूर्त गरियो ।
कार्यक्रममा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, सृष्टि श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको शीर्ष भूमिका रहने निर्माण टिमले जनाएको छ । कथावस्तु अनुसार फिल्मको शीर्षक ‘पोइ पर्यो काले’ राखिएको निर्देशकले बताए ।
![](https://kalakarita.com/wp-content/uploads/2019/05/poi-paryo-kale-film.jpg)
चलचित्रमा सौगात मल्लले काले पोइको भूमिका निभाउने छन् । चलचित्रको छायांकन जेठ १३ गतेबाट थालिने पनि निर्माण टिमले जानकारी दियो । फिल्मको कथा सौगात मल्लको वरिपरि घुम्नेछ । यस्तै चलचित्रमा जयनन्द लामा, राजाराम पौडेल, बिन्दा खतिवडा, सुरक्षा पन्त लगायतका कलाकारले पनि अभिनय गर्नेछन् ।
चलचित्रमा ताराप्रकाशको सम्पादन, निर्देशक राणाको कथा र शिव ढकालको छायांकन रहनेछ । दिपक मनाङे र देवी राईले निर्माण गरेको यो फिल्ममा किरण नेपाली र रघु परियार कार्यकारी निर्माता छन् ।
चलचित्र कार्तिक ८ गते रिलिज गरिने बताइएको छ ।
तपाईंको प्रतिक्रिया