कमेडी फिल्म ‘चंगा’ को स्याड गीत रिलिज (भिडियो) − Kalakarita
कमेडी फिल्म ‘चंगा’ को स्याड गीत रिलिज (भिडियो)

सोमबार, जेठ २१, २०७५, १० : २५कलाकारिता

काठमाडौं, २१ जेठ – रिलिजको केही दिन बाँकी रहँदा चलचित्र ‘चंगा’ ले ममतामयी आमाको प्रेम दर्शाउने गीत सार्वजनिक गरेको छ । फिल्म यही शुक्रवार अर्थात् २५ गतेबाट रिलिज हुँदैछ ।

‘मेरी आमा… पल पल’ बोलको गीतमा आमा छोराको सम्बन्धलाई देखाइएको छ । गीतमा कमल खत्रीको स्वर, संगीत र शब्द रहेको छ । त्यस्तै गीतलाई विश्वेश्वर तन्डुकारले एरेन्ज गरेका हुन् ।

यो फिल्मलाई किशोर भण्डारीले निर्देशन गरेका हुन्, उनी डिट्ठा सापका रुपमा पनि परिचित छन् । फिल्ममा अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, जीवन भट्टराई, कमलमणि नेपाल, बु्द्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा लेखन निर्देशक भण्डारीकै छ भने निर्माण रेश्मा तिमिल्सिनाले गरेकी हुन् ।


तपाईंको प्रतिक्रिया