काठमाडौं, २३ वैशाख – अभिनेत्री तथा निर्देशक झरना थापा केही समयको आरामपछि फिल्ममा कमब्याक भइन्, त्यो पनि निर्देशकका रुपमा । चलचित्र ‘ए मेरो हजुर २’ निर्देशन गरेपछि भने उनको व्यस्तता चुलियो ।
फिल्म रिलिजको अवसरमा विश्वका विभिन्न देशमा पुगेकी झरनाले नेपाली फिल्मको बजार अझै स्थूल बन्नुपर्ने बताएकी छिन् ।
कलाकारितासँगको सानो कुराकानीमा उनले नेपाली फिल्मले विदेशका कतिपय देशमा रिलिजका लागि हल पाएपनि अझै कतिपय देशमा प्रोजेक्टरबाट फिल्म देखाउनुपर्ने अवस्था रहेको बताइन् । ‘नेपाली फिल्मको बजार बढेको त छ, दर्शक पनि बढ्नुभएको छ तर विदेशमा भन्दा पहिले हामीले आफैले नेपाली दर्शकलाई फिल्म हेर्ने बनाउनुपर्छ ।’, उनले भनिन् ।
घरेलु दर्शकले नेपाली फिल्म हेरेमात्र हाम्रो बजार बढ्ने र फिल्मले ठूला लगानीमा निर्माण गर्न सकिने उनले बताइन् ।
यतिबेला झरना नयाँ फिल्मको तयारीमा जुटेकी छिन् । केही समय पहिले उनले चलचित्र ‘भागवत् गीता’ र ‘ए मेरो हजुर ३’ बनाउने अनौपचारिक घोषणा गरेकी थिइन् ।
तपाईंको प्रतिक्रिया