राजनीतिमा चासो राख्न थालेका हुन् दीपकराज गिरीले? − Kalakarita
राजनीतिमा चासो राख्न थालेका हुन् दीपकराज गिरीले?

बिहीबार, साउन ११, २०८०, ०२ : २५कलाकारिता


काठमाडौं– निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत सामाजिक र राजनीतिक विषयमा आफ्नो धारणा राखिरहन्छन् । उनले राखेका धारणाले कहिले गालीको शिकार बन्छन् भने कहिले ताली पाउँछन् ।

गिरीले आफ्नो धारणा राख्न भने छोड्दैनन् । पछिल्लो समय चर्चामा रहेका काठमाडौँका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ राईका विषयमा उनले आफ्नो धारणा राखिरहेका हुन्छन् । सामाजिक सञ्जालका आधारमा उनी पछिल्लो राजनीतिक आन्दोलनका पक्षधर हुन् ।

उनको धारणा रवि लामिछानेको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि मिल्छ ।

नेपालमा हुने नीतिगत भ्रष्ट्राचार तथा कूरीतिका विरुद्ध बोलिरहने गिरीलाई कतिपयले राजनीतिमा पनि सक्रिय हुन खोजेको भनेर अनुमान गर्न थालेका छन् । जबकि, उनले हालसम्म राजनैतिक धारणा कतै पनि व्यक्त गरेका छैनन् ।

पछिल्लो समय उनले दिएका अभिव्यक्ति हेर्दा भने उनी स्वतन्त्र प्रतिनिधि र राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही नजिक भएको देख्न सकिन्छ । भोलिका दिनमा उनी राजनीतिमा आउँछन् या आउँदैनन् । त्यो भने समयले बताउने नै छ ।


तपाईंको प्रतिक्रिया