आर्यन र साम्राज्ञीको ‘सुखमा’ गीत (भिडियो) − Kalakarita
आर्यन र साम्राज्ञीको ‘सुखमा’ गीत (भिडियो)

शुक्रबार, असार २९, २०७५, ०७ : २५कलाकारिता

काठमाडौं, २९ असार – प्रचारमा उत्रेको फिल्म ‘कायरा’ को गीत सार्वजनिक गरिएको छ । आउँदो साउन १८ गते रिलिज हुन लागेको फिल्मको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘सुखमा तिमीसँग हाँसु’ बोलको गीतमा आर्यन सिग्देल र साम्राज्ञी शाहलाई फिचरिङ गरिएको छ । गीतमा केतेन क्षेत्रीले स्वर दिएका छन् । त्यस्तो उदयराज पौडेलले एरेन्ज गरेका हुन् । संगीत र शब्द भने कोशिश क्षेत्रीका रहेका छन् ।

आर्यन र साम्राज्ञीको मुख्य भूमिका रहेको यो फिल्म लभ स्टोरी जानरामा बनेको फिल्म हो । फिल्मले एक जोडीको कथा बोल्छ ।

लक्ष्मण रिजालले निर्माण र निर्देशन गरेको यो फिल्ममा पटकथा तथा संवाद केदार भुसालको छ भने कथा आर्यन सिग्देलको रहेको छ ।

 


तपाईंको प्रतिक्रिया