‘लूट’ का निर्माता माधव वाग्लेले छपाएका नक्कली नोट फर्पिङमा पनि भेटिए − Kalakarita
‘लूट’ का निर्माता माधव वाग्लेले छपाएका नक्कली नोट फर्पिङमा पनि भेटिए

सोमबार, जेठ १४, २०७५, ०४ : २६कलाकारिता

काठमाडौं, १४ जेठ – निर्माता माधव वाग्लेले फिल्मका लागि छापेको भनिएका नोटमध्ये केही नोट फर्पिङमा पनि भेटिएको छ ।

हजार रुपैयाँका दुई नोट नक्कली बरामद शुक्रवार पक्राउ गरिएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी परिसरले जनाए अनुसार वाग्लेको समूहले छापेको नोट फर्पिङबाट बरामद गरिएको हो ।

पक्राउ परेका युवकले आफूले माधव वाग्लेकै समूहबाट नोट लिएको बताएका छन् ।

यसअघि प्रहरीले जेठ प्रहरीले वाग्लेलाई गत २ गते, २ करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ गरेको थियो । प्रहरीले निर्माता माधव वाग्लेसहित ६ जनालाई नक्कली नोटसहित प्रक्राउ गरेको थियो ।

निर्माता वाग्लेले भने आफूलाई केटाहरुले फसाएको बताएका छन् । उनले फिल्मका लागि चलचित्र प्रयोजनका लागि भनी लेखेर नक्कली नोट छपाएको बताउँदै आएका छन् ।

पछिल्लोपल्ट बिहीबार, जेठ १७, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया