‘शत्रु गते’ हिट तर पल शाह…? − Kalakarita
‘शत्रु गते’ हिट तर पल शाह…?

बुधबार, जेठ २, २०७५, ०९ : २६कलाकारिता

काठमाडौं, २ जेठ – चलचित्र ‘शत्रु गते’ ले ५१ औं दिन मनाएर पार्टी गरेको धेरै समय भएको छैन । फिल्म अझै पनि केही हलहरूमा चलिरहेको छ ।

०७४ को चैत ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र पारिवारिक कथामा निर्माण भएको थियो । कथाका मुख्य पात्र पल शाह र आँचल शर्मा थिए ।

तर, फिल्मले जति व्यापार र चर्चा कमाउँदै गयो । फिल्मबाट पल शाहको चर्चा हराउँदै गयो । फिल्मको जति चर्चा भएपनि चर्चामा निर्देशक प्रदीप भट्टराई, हरिवंश आचार्य र दीपकराज गिरी हाबी भए । फिल्मको कथामा हरिवंश र पल शाह बाबु छोराको भूमिकामा छन् । पलले जे इच्छा राख्छन्, बाबुछोराको सल्लाहमा फिल्म अगाडि बढ्छ । युवा स्टार पल पनि मुख्य पात्रका रुपमा देखिन्छन् ।

मुख्य पात्रका रुपमा देखिएका पल फिल्मको सफलतामा किन हराए? फिल्मले गर्ने कार्यक्रममा पनि आँचल पुगिन् तर पल कतै देखिँदैनन् ।
बरु उल्टो जति पलको चर्चा हुन्थ्यो, त्यति चर्चा नै हुन छोडेको छ । एक किसिमले उनी फिल्मका पात्रै पात्रबीच हराए ।

फिल्म चलोस् या नचलोस्, सधै फिल्मसँगै चर्चामा रहने पलको आफ्नै स्टारडम बनेको छ । उनका म्यूजिक भिडियो देखिएन । तर, ‘शत्रु गते’ मा भने उनको त्यो स्टारडमले खासै काम नगरेको देखियो । अरु कलाकारले उनलाई थिचेजस्तै भयो ।

यतिबेला गुमनाम नै रहेका पल अब कुन रुपमा र कसरी आउलान्, त्यसपछि उनले आफ्नो चर्चालाई कसरी जोगाउलान्, त्यो अर्को कुरा भयो तर अहिले भने ‘शत्रु गते’ उनका लागि खासै फलदायी नभएको स्पष्ट छ ।

पछिल्लोपल्ट बिहीबार, जेठ ३, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया